सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

मन्त्रिपरिषद विस्तारमा सकस परिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिको नाम टुंग्याउने र आजै सपथ हुने बताएका छन् ।

काठमाडौंमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने यस्तो बताएका हुन् । उनले भने, ‘सकेसम्म आजै मन्त्रिपरिषद विस्तार र सपथ गराउने भन्ने छ। नभए पनि मन्त्री हुनेहरू टुंग्याउने भन्ने छ’ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म ५ मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएका छन्।

प्रधानमन्त्री देउवाले कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए। देउवा असार २९ मा प्रधानमन्त्री बने पनि अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।

  • १८ आश्विन २०७८, सोमबार १५:२७ प्रकाशित