करेन्ट लाग्दा कोशी टप्पु आरक्षको रैथाने मकुना हात्ती मर्‍यो

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा एक हात्तीको मृत्यु भएको छ । आरक्षको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो ।

आरक्षकाको अनुसार चरनका क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेन्ट लाग्दा आज बिहान मृत भेटिएको हो । मकुनाको आक्रमणमा परि सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरीतर्फका दर्जन बढीको ज्यान लिएको जनाइएको छ ।

  • १७ आश्विन २०७८, आईतवार १४:३६ प्रकाशित