गलकोट मल्ममा आँखाको निशुल्क परीक्षण र सल्यकृया

केन्द्रभाग मिडिया

थम्मन थापा

बागलुङ ।
श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक र डक्टर सहयोगमा आँखाको निशुल्क चेकजाँच तथा सल्यकृया सम्पन्न भएको छ ।

हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स कल्व अफ बुटवल मणिउजेस रुपन्देही आर्थिक सहयोगमा ३८ जनाको निशुल्क सल्यकृया गरिएको र २२५ जनाले निशुल्क आँखा परीक्षण गराएका हुन् । आँखा परीक्षण तथा सल्यकृया कार्यक्रममा व्यवस्थापकीय भुमिका स्थानीय सिर्जनशिल महिला समुह आगाँखेतले गरेको थियो ।

कार्यक्रमबाट गलकोट र आसपासका नागरिकहरु कार्यक्रमबाट लाभान्वित भएका छन । आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका विरामीहरुलाई राहत भएको श्रीकष्ण भैरव आँखा उपचार केन्द्र गलकोट मल्मले जनाएको छ ।

ग्रामीण भेगमा निशुल्क सेवा पाउँदा स्थानीय हर्षित भएका छन ।

  • १६ आश्विन २०७८, शनिबार १८:४६ प्रकाशित