थप ८६७ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालमा थप ८६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २१९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयमा १ हजार १२३ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको मृत्यु पुष्टि भएको छ ।

हाल आइसोलेसनमा रहनेको संख्या १७ हजार ६४२ रहेको मन्त्रालयले जनाएको छ ।

  • १६ आश्विन २०७८, शनिबार १६:३३ प्रकाशित