१३ संक्रमितले गुमाए ज्यान, २४ घण्टामा देशभर थपिए १,०६६ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो तथ्यांक अनुसार देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै देशभर हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ ।

सोही समयमा ९३८ जना निको भएका छन् । यो सँगै देशभर ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ ।

  • १५ आश्विन २०७८, शुक्रबार १७:५४ प्रकाशित