सल्यान : विद्यालय जान हिडेका विद्यार्थीलाई जीपले दियो ठक्कर, २ को मृत्यु, ३ को उपचार हुदैँ

केन्द्रभाग मिडिया

सल्यान ।

सल्यानमा आज बिहान विद्यालय जान हिडेका विद्यार्थीलाई जीपले ठक्कर दिदाँ २ को मृत्यु भएको छ । जीपको ठक्करबाट घाईते भएका पाँच छात्रामध्ये दुईको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाईते ३ छात्राको उपचार भईरहेको छ ।

१८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

१५ वर्षीया सुशीला नेपाली, १८ वर्षीया मिना परियार, १८ वर्षीया दीपा बुढाथोकीको उपचार भईरहेको छ ।

उनीहरु विद्यालय जाने क्रममा बाटोमा छहारीमा बसीरहेका बेला जीपले ठक्कर दिएको जनाइएको छ । थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बररको जीपले उनीहरुलाई ठक्कर दिएको हो ।

चालक र जीपलाई प्रहरीले नियन्त्रन्णमा लिएको छ ।

  • १५ आश्विन २०७८, शुक्रबार १५:३२ प्रकाशित