स्याङ्जा : रोकिराखेको ट्याक्टर आफैँ गुड्दा महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

स्याङजा ।
स्याङ्जामा रोकिराखेको ट्याक्टर आफै गुड्दा ट्याक्टरको ठक्करबाट एकको ज्यान गएकोे छ ।

ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको हो

स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

बिहीबार अपरान्ह ५ बजे ओरालोमा रोकिराखेको ट्रयाक्टर आफैँ गुड्दै जाँदा विकलाई ठक्कर दिएको थियो।ट्याक्टर चालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

  • १५ आश्विन २०७८, शुक्रबार ०८:४१ प्रकाशित