बुद्ध एयरको जहाजमा फेरि समस्या : विराटनगर उड्न लागेका यात्रुलाई अर्कोमा पठाइयो

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो समय बुद्धएयरको जहाजमा समस्या देखिन थालेको छ । निजी वायुसेवा कम्पनी बुद्धको एक पछि अर्को जहाजमा समस्या देखिएको जनाइएको छ ।

आज काठमाडौं–विराटनगर उडान गर्न लागेको बुद्धको ९ एन एमएफ कलसाइनको जहाजमा समस्या देखिएको खुल्न आएको छ । जहाजमा समस्या आएपछि उडान डेढ घण्टा ढिलो भएको बताइएको छ । जहाजमा प्राविधिक समस्या आएपछि यात्रुलाई झारेर फेरि अर्को जहाजमा पठाइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विहीबार विहान ११ः ५० बजेको उडानका लागि तयारमा राखिएको ९ एनएएमएफ कलसाइनको जहाजमा प्राविधिक समस्या आएपछि कम्पनीले ती यात्रुलाई १ः १९ बजे ९ एन–एएनएच कलसाइनको जहाजमा विराटनगर पठाएको विमानस्थलले जनाएको छ।

गत सोमबार पनि जहाजको पाँग्रा नखुलेर अवतरणमा समस्या आउँदा यात्रुको चिल्लीबिल्ली भएको थियो ।

  • १४ आश्विन २०७८, बिहीबार १५:४५ प्रकाशित