‘यु.केको लाहुरे हुँ, यु.के लान्छु’ भन्दै प्रेममा पारी ठग्ने भोजपुरका केदार राई पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

यु.केको लाहुँरे हुँ, यु.के लान्छु भन्दै ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

समाजिक सञ्जालमा आफुँ यु.केको लाहुरे भन्दै यु.के लानी भन्दै रकम ठग्ने भोजपुर साल्पासिलिछो गाउपालिका वडा ४ लिम्खियाका ३१ वर्षीय केदार राई पक्राउ परेको महानगरीय अपराध महाशाखा काठमाडौंले जानकारी दिएको छ ।

राईले पटकपटक गरि १ लाख ६० हजार ५००, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री जस्ता धनमाल पनि ठगेको प्रहरीले बताएको छ ।

उनले फेसबुकमा आफ्नै महिला साथिलाई केडी गोरखाली नामको आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाई साथी बनी आफुँ यु.केको लाहुरे हाल यु.के मै रहेको र तिमीलाई माया गर्छु , यु.के लैजान्छु भन्दै ठगी गरेको प्रहरीले बताएको छ ।

उनले आफ्नो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको र छोराछोरी लण्डनमा होस्टल राखेको र आमा नेपालमै भएको भन्दै ती युवतीसँग माया प्रेमका कुरा गर्दै आएका थिए ।

कुराकानी अगाडी बढीरहेकै अवस्थामा गत भदौ १६ गते मेसेन्जरमा फोन तथा म्यासेज गरी राई आफ्नो आमा कलेजोको रोगी भई बिरामी भएर ग्राण्डी अस्पतालमा उपचारत रहेकोले पैसा आवश्यक पर्यो भन्दै रकम ठगेको महाशाखाले जनाएको छ । उनले आफू यु.केमा रहेकाले पैसा दाई लिन आउनु हुन्छ भनी रकम हात पारका थिए ।

ठगाहा उनी काठमाण्डौं बुढानिलकण्ठ, १० चुनिखेलमा बस्दैँ आएको जनाइएको छ । उनी माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • १३ आश्विन २०७८, बुधबार १४:४५ प्रकाशित