सभामुख सापकोटाविरुद्धको मुद्धाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन । अर्जुनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ।

  • १३ आश्विन २०७८, बुधबार ११:३७ प्रकाशित