छिट्टै ओमानसँग दुई पक्षीय श्रम सम्झौता गर्ने मन्त्रालयको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा तयार गरी ओमान सरकार समक्ष पेश गरिएको छ । मस्यौदा स्वीकृत भएपछि छिट्टै ओमानसँग दुई पक्षीय सम्झौता गर्ने मन्त्रालयको तयारी छ ।

सरकारले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थामार्फत् ११० र व्यक्तिगत श्रम स्वीकृतिमार्फत् १७२ मुलुक खुला गरेको छ। तर हालसम्म विभिन्न ९ वटा मुलुकसँग मात्रै श्रम सम्झौता तथा समझदारी भएको छ।

कतार, संयुक्त अरब इमिरेट्स (युएई), गणतन्त्र कोरिया (दक्षिण कोरिया), बहराइन, जापान, इजरायल, जोर्डन, मलेसिया र मोरिसस गरी नौ मुलुकसँग श्रम सम्झौता समझदारी भइसकेको हो।

  • १३ आश्विन २०७८, बुधबार ०९:२४ प्रकाशित