देशभर १२ संक्रमितले गुमाए ज्यान, थपिए १,१५८ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभर पछिल्लो अपडेट अनुसार १२ जना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना निको भएका छन् ।हालसम्म नेपालमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • १२ आश्विन २०७८, मंगलवार १६:५७ प्रकाशित