काठमाडौं ।
अवैधानिक तरिकाले सुन ल्याउने क्रम अझै रोकिएको छैन । विभिन्न नयाँ उपायहरु अपनाउँदै तस्करले सुन नेपाल भित्राउने गरेका छन् । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको हो।
भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ४३ वर्षीय सन्तविर राई छन्।
यसैगरी, विमानस्थलबाट सोही दिन ७ सय ५० ग्राम सुन बरामद गरेको भएको छ। १४ वटा बाला र एउटा सिक्री प्रहरीले बरामद गरेको हो ।
सिंगापुर र मलेसियाबाट काठमाडौं आएका १५ यात्रुहरूलाई भन्सार छली गर्न लगाई सुन तस्कर गरेको खुलेको हो ।