वर्षमान पुनको स्वास्थ्यमा सुधार नभए पछि थाइल्याण्ड लैजाने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् ।  पुनलाई पुरानै जन्डिस बल्झिएपछि उपचारका लागि सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

तर उनलाई कुनै सुधारको लक्षण नदेखिएपछि थाइल्याण्ड लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । ४ वर्षअघि पनि पुनलाई यही समस्या देखिएको थियो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा बढेको बताइएको छ।

 

  • १२ आश्विन २०७८, मंगलवार १३:१३ प्रकाशित