अप्रिय घटना हुनबाट बचेको बुद्धले आज ७ उडान गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो (सोमबार) अप्रिय घटना हुनबाट बचेको बुद्ध एयरले आज ७ उडान भर्दैँ छ ।बुद्धले आज बिहानै साढे १० बजे सम्म काठमाडौं–सिमरा दुईपटक उडान गरी काठमाडौंबाट पोखरा उडान भरेको छ ।

हिजो ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धले प्राविधिक जाँच पछि आज बिहानैबाट उडान सञ्चालन गरेको हो । बुद्धले मंगलबार त्यो जहाजबाट नेपालगञ्ज, पोखरा, जनकपुर र भैरहवा गरी ७ वटा उडान तालिका बनाएको छ ।

हिजो ल्यान्डिङ गियरको प्राइमरी इन्डिकेटरुमा समस्या देखिए पनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटि नभएको बताएको बुद्ध एयरले जनाएको छ ।

जहाजको पूरै परीक्षण पश्चात केही खराबी नदेखिएपछि ह्यांगरबाट उडानमा फर्काएको जनाइएको छ ।इन्जिनियरले जहाज ठीक भएको रिपोर्टिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपछि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए ।

  • १२ आश्विन २०७८, मंगलवार १२:४४ प्रकाशित