गोरखा : नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखामा नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ परेका छन् ।

प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीको अनुसार उनीहरुले नक्कली सिआइडी बनेर ट्रकलाई रोकेर सामान र सहचालकको मोबाइल खोसेका थिए ।

सोमबार राति उनीहरूले आँबुखैरेनीबाट गोरखातर्फ गइरहेको ना ६ त ४५६ र ना ६ ख ५५०२ नम्बरको मालबाहक ट्रकलाई सडकमै रोकेर चेकजाँच गरेका थिए।

पक्राउ पर्नेमा वर्ष २१ का निरज कोइराला, २० वर्षका निरन्जन तामाङ, वर्ष २० का ओमराज गुरुङ, वर्ष १९ का सुरज तामाङ, मनोज तामाङ र रिकेश कुँवर रहेका छन् ।

  • १२ आश्विन २०७८, मंगलवार १०:१६ प्रकाशित