असोज १५ देखि हुने एमालेको विधान महाधिवेशनको तयारी सकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा भएको छ।

असोज १५ देखि १७ गतेसम्म गोदावरीमा हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा भएको हो ।महाधिवेशन सभा स्थलको तयारी पूरा भएको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले बताए।

उनले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताए।सभामा दुई हजार ८४० कुर्ची भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्ची राखेर हामी व्यवस्थापन गर्छौं। त्यहाँ पनि नअट्ने माथि बार्दलीमा स्क्रिन राखेर भए पनि प्रतिनिधिलाई अटाउने व्यवस्था गर्दछौँ,’ उनले भने।

  • १२ आश्विन २०७८, मंगलवार १०:०० प्रकाशित