बुटवल : ट्रकको ठक्करबाट बस कुरेर बसेका आमा छोराको मृत्यु

केन्द्रभाग मिडिया

बुटवल ।

ट्रकले ठक्करबाट रूपन्देहीमा आमा छोराको ज्यान गएको छ ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकको ठक्करबाट ३८ वर्षीया आमा राधा भट्टराई र उनका १८ वर्षीय छोरा महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट बुटवलतर्फ जादै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

ट्रक र चालक धनराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ ।

  • १२ आश्विन २०७८, मंगलवार ०९:४० प्रकाशित