विश्व रेबिजविरुद्धको दिवस : महिनामा तीन जनासम्मको रेबिजबाट ज्यान जाने गरेको तथ्यांक

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

‘रेबिज : तथ्य बुझौँ, त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।

जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ । पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको टेकु अस्पतालका निर्देशक डाक्टर अनुप बाँस्तोलाले बताए ।

रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।

डाक्टर बाँस्तोलका अनुसार महिनामा एकदेखि तीन जनासम्म व्यक्तिको रेबिजका कारण ज्यान जाने गरेको छ । घरमै पालेको कुकुरले टोकेको भनेर हेलचेक्य्राइँ गर्ने, बेलैमा खोप नलगाउनेलगायतका कारण सङ्क्रमितको ज्यान जाने गरेको उनको भनाइ छ ।

सुई लगाएर रेबिजलाई निको पार्न सकिन्छ तर ढिला भएमा प्राणघातक बन्न सक्छ । मुख्य सहर बजारमा छाडा छाडिने कुकुरहरूका कारण रेबिज सङ्क्रमणको जोखिम बढाएको छ । घरमा पालेको वा कुकुरको छाउराले टोकेको भनेर लापर्बाही नगर्न डाक्टर बाँस्तोलाको सुझाव छ ।

जटिल अवस्थामा ‘रेबिज इम्युनोग्लोबुलिन’ सुई लगाउनु पर्छ ।

  • १२ आश्विन २०७८, मंगलवार ०९:२४ प्रकाशित