परराष्ट्रमन्त्री खड्काले भने ‘एमसिसी नेपालको आवश्यकता हो, संशोधन हुदैँन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिका पुगेर एमसिसी नेपालको आवश्यकता रहेको बताएका छन् । संशोधन हुन नसक्ने भनाई राखेका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले नेपालको आवश्यकता रहेको बताउँदै संशोधन हुन नसक्ने बताएका हुन् । ‘एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड र प्रकिया रहेको भन्दै नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे।

राष्ट्रिय सहमति अपरिहार्य रहेको तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत रहेको खड्काले बताए । एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसी नेपालको आवश्यकता भएको दोहोर्‍याए।

  • ११ आश्विन २०७८, सोमबार १४:२६ प्रकाशित