दशैको मुखमा २२ वटा बाख्रा चितुवाले मारिदियो, खोरमा एक महिनाको पाठी मात्र बाकीँ

केन्द्रभाग मिडिया

बर्दिया ।
बर्दियाको गुलरिया नगरपालिकामा चितुवाले २२ वटा बाख्रा मारिदिएको छ ।

गुलारिया ५ मा रहेको सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा पसेर चितुवाले २२ वटा खसी तथा बाख्रा मारिदिएको हो । हिजो राती उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

खोरभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रासहित अन्य पाठापाठी मारेको छ । पौडेलको उक्त खोरमा एउटा खसी फेला परेको छैन भने एक महिनाको पाठीमात्रै ज्युँदो अवस्थामा फेला परेको छ।

  • ११ आश्विन २०७८, सोमबार १२:१६ प्रकाशित