पोखराका यी क्षेत्रमा दिउँसो ४ बजेसम्म विद्युत् सेवा बन्द हुने !

केन्द्रभाग मिडिया

पोखरा ।

आज पोखराका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ ।

विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रको अनुसार तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचौर, बाटुलेचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दीप, भुर्जुङखोला लगायतका क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको हो

आज (सोमबार) अहिले साढे १० बजेदेखि ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने पोखरा वितरण केन्द्रले बताएको छ । रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणको भनाइ छ ।

सोमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएको छ । सेवा अवरुद्ध हुदाँ सर्वसाधारणमा पर्ने अप्ठ्रोका लागि केन्द्रले क्षमायाचना गरेको छ ।

  • ११ आश्विन २०७८, सोमबार १०:२९ प्रकाशित