गण्डकी : पोखराका ४ संक्रमितको ज्यान गयो, थपिए १९२ संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा ४ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अुनसार कास्की जिल्ला अन्तर्गत पोखरा महानगरका ४ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको छ । यो सँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको छ ।

यस्तै प्रदेशमा पछिल्लो २४ घण्टामा १९२ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा म्याग्दीका ७, पर्वतका २, गोरखाका ३१, लमजुङका १०, तनहुुँका ३, कास्कीका १२४, स्याङ्जाका १३ र नवलपरासीका २ जना रहेका छन् ।

यो सँगै कोरोनाबाट संक्रमित बन्नेको संख्या ८५ हजार २३४ पुगेको छ ।भने सोही समयमा प्रदेशमा २६२ जना निको भएका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट सन्चो हुनेको संख्या ८२ हजार ७२४ रहेको छ ।

हाल प्रदेशमा १ हजार १ सय ५३ संक्रिय संक्रमित छन् जसमध्ये ९ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् ।

  • १० आश्विन २०७८, आईतवार १८:०२ प्रकाशित