मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो दिन आज १२ देशका राजदूत पोखरा आउँदै

केन्द्रभाग मिडिया

पोखरा ।

मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो नि आज १२ देशका राजदूत पोखरा आउँदैँछन्।

पोखरा घुम्न खुला छ भन्ने सन्देश प्रवाह गर्नका लागि राजदूत तथा कुटनीतिक नियोगका प्रमुख एवं उच्च पदस्थ कर्मचारी आउन लागेका हुन् ।

गण्डकी प्रदेश सरकारको पहलमा आउन लागेका पाहुनालाई २ दिनसम्म पोखराको पर्यटकीय क्षेत्र घुमाउने बताइएको छ । यस्तै ‘पोखरा घुम्नका लागि अब सुरक्षित छ है’ भन्ने सन्देश प्रवाह गर्ने प्रदेश सरकारको योजना छ ।

सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसियएसन (रेवान) पोखराले भोल (सोमबार) स्ट्रिट फेस्टिबलको आयोजना गरेको छ । साँझ ५ बजेबाट सुरु हुने महोत्सव राती १० बजे सम्म चल्नेछ ।

विगतमा अंग्रेजी नयाँ वर्ष अवसरमा हुँदै आएको सडक महोत्सवको झल्को दिने गरी मिनी सडक महोत्सव आयोजना गरेको रेवान पोखराले जनाएको छ ।

  • १० आश्विन २०७८, आईतवार १२:५० प्रकाशित