९५३ जनामा संक्रमण, १,३७१ जना संक्रमण मुक्त, ६ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप ९५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लौ २४ घण्टामा १० हजार ५७९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयमा १ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको मृत्यु पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालको संक्रमितको मृत्यु दर १.४ प्रतिशत छ ।

हाल १९ हजार ७०० संक्रमित आइसोलेसनमा रहेका छन् । २ लाख १६ हजार ७२५ जनाले खोप लगाइसकेका छन् ।

 

  • ९ आश्विन २०७८, शनिबार १६:१६ प्रकाशित