असोज ११ गते पोखरामा सडक महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले महोत्सवको आयोजना गरेको हो ।

असोज ११ गते महोत्सव आयोजना गरिएको रेवानले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रमा जागरण ल्याउन महोत्सवको आयोजना गरिैको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न पोखरा खुलै छ, भन्ने सन्देश दिन महोत्सव सफल हुने बरालले बताए ।

महोत्सव असोज ११ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म अर्थात पाँच घण्टा चल्नेछ । अध्यक्ष बरालका अनुसार पोखराको लेकसाइडस्थित बाराहीचोकदेखि खहरेचोकसम्म करिब डेढ किमिको दूरीमा महोत्सव सञ्चालन हुनेछ । अग्रेजी नयाँ वर्षमा आयोजना हुने सडक महोत्सवको झल्को दिने गरि महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका प्रस्तुत हुनेछन् । साथै स्वदेशी तथा विदेशी खानाका परिकार पर्यटकलाई पस्कने आयोजकले जनाएको छ ।

  • ९ आश्विन २०७८, शनिबार १५:४२ प्रकाशित