पूर्वराजाको श्रीपेज चोर्ने असफल प्रयास : ‘राजा बन्छु’ भन्दै चोर्न खोज्ने युवक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती श्रीपेज चोर्न खोज्ने क्रममा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

उनले अवलोकनको क्रममा श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेको संग्रहालय व्यवस्थापन समितिले जनाएको छ ।

सिसा फुटाउन कोसिस गर्दैगर्दा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको समितिले जनाइएको छ ।

बुलेट प्रुफ सिसाभित्र रहेको श्रीपेज घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

  • ८ आश्विन २०७८, शुक्रबार १५:३३ प्रकाशित