भारतः कपाल छोटो काटिदिएकै कारण सैलुनलाई तीन करोड २० लाख रुपैयाँ जरिबाना

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतमा कपाल छोटो गरि काटिदिएकै कारण सैलुनले जरिवाना तिर्नुपर्ने भएको छ । जरिवाना पनि थोरै हैन, तीन करोड २० लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।

गलत कपाल काटिएिको कारण उपभोक्ताले अदालतमा मुद्धा दायर गरेकोमा अदालतले त्यति ठुलो मात्रामा रकम जरिवान तिर्न आदेश दिएको हो । ।कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ।

उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।ती महिलाले ूआफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको उल्लेख गरिएको छ ।

दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ । तर उसले फैसलाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन।

कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको एवम् काममा ध्यान दिन नसक्दा कामनै गुमाएको बताइएको छ ।

अदालतको कागजातअनुसार उनको कपाल जम्मा चार इन्च रहने गरी काटिएको थियो।

स्रोत :बीबीसी नेपाली

  • ८ आश्विन २०७८, शुक्रबार १४:४९ प्रकाशित