समाज कल्याण परिषद्का पदाधिकारीद्धारा सामूहिक राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं । सरकारको व्यवहारप्रति असन्तुष्टी जनाउँदै समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।

सरकारले परिषद्को कामप्रति देखाएको व्यवहारमा असन्तुष्टी जनाउँदै सामूहिक राजीनामा दिएको परिषद्का सदस्यहरुले जनाएका छन् । परिषद् सदस्यले दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत औपचारिक राजीनामा घोषणा गर्ने भएका छन् ।

१० जना पदाधिकारीमध्ये २ जना उपत्यकाबाहिर रहेकोले हस्ताक्षर गर्न नपाएकोले आज ८ जना पदाधिकारीले राजीनामा घोषणाको तयारी गरेका हुन् ।राजीनामा दिन लागेका पदाधिकारीहरू केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएकाहरू हुन् ।

परिषद् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्छ ।

  • ८ आश्विन २०७८, शुक्रबार १२:२९ प्रकाशित