कार त्रिशुलीमा खस्दा पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष प्रेम भुजेलसहित पोखराका तीन जना बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।
काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको कार त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जनाको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खसेको प्रहरीले जानकारी दिएको छ ।

ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो । गए राति करिब पौने १२ बजे कार दुर्घटनाको खबर आएपछि खोजी कार्य सुरु गरेको भए पनि तीन जना अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

कारमा सवार पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कारसहित चालक पोखरा १७ कै प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

  • ८ आश्विन २०७८, शुक्रबार ०७:२९ प्रकाशित