देशभर १३ संक्रमितको मृत्यु, एक हजार २३९ जना संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ५६ हजार ९५४ रहेको छ ।

सोही अवधिमा देशभर १३ जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

  • ७ आश्विन २०७८, बिहीबार १७:०० प्रकाशित