अन्य देशलाई ५० करोड खोप अनुदानमा दिने अमेरिकाको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकाले देशबाहिरका अन्य देशहरुलाई कोभिड विरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई अनुदानमा दिने अमेरिकाले घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसङ्गको महासभाको अवसरमा आयोजना गरिएको भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले यस्तो घोषणा गरेका हुन् । उनले अमेरिकालाई खोप शक्ति बनाउने पनि उल्लेख गरेका छन् ।

त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ।विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ।विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ।

  • ७ आश्विन २०७८, बिहीबार ०९:४३ प्रकाशित