प्रतिनिधि सभाको बैठक आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमालेको अवरोधकै बिच पनि प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दैँछ ।बार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ।एमालेको अवरोधबीच नै सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारित समेत गरिसकेको छ।

पार्टी विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरिरहेका छन् ।

  • ७ आश्विन २०७८, बिहीबार ०८:५३ प्रकाशित