गण्डकीः ६ महिनामा १२५ महिला र ५४ बालबालिकामाथि हिंसा, महिलामाथि घरेलु हिंसा बढ्दो

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

पोखरा ।

हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापी, नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक-सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन्।

गण्डकी प्रदेशभित्र सन् २०२१ को ६ महिनाको अवधिमा ५४ बालबालिका माथि हिसां भएको इन्सेक गण्डकी प्रदेशले जानकारी दिएको छ । प्रदेशमा बालबालिकामाथि हुने हिसांहरुमा सबै भन्दा धेरै बलात्कारका घटना छन् ।

३९ वटा घटना बलात्कारको मात्र रहेको छ भने, यौन दुव्यर्वहारका ६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायका ७, बालविवाहका १ र १ नवजात शिशुको हत्याको घटना भएको इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै गण्डकी प्रदेशमा जनवरीेदेखि जुनसम्मको अवधिमा कुल २ सय ३८ जना मानव अधिकार उल्लङघन तथा ज्यादतीबाट पीडित बनेको मानव अधिकारको अवस्थाबारे इन्सेकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो ।

इन्सेकको अनुसार यस अवधिमा सबैभन्दा बढी महिला हिंसाका घटना भएका छन् । पछिल्लो ६ महिनामा गण्डकी प्रदेशमा १२५ महिला माथि हिंसा भएको छ ।

जसमध्ये पनि घरेलु हिंसाका घटना धेरै भएका छन् । ९९ सय घरेलु हिंसाको घटना हुदा बलात्कारका १६ घटना भएका छन् । भने ६ वटा बलात्कार प्रयासका घटना भए ।

प्रदेशमा यौन दुव्र्यवहारका १, बहुविवाहका २, बेचबिखन तथा ओसारपसारका १ घटना भएका छन् । प्रदेशमा हत्याको अवस्था भयावह देखिएको छ । ६ महिना भित्र १५ हत्याका घटना भएका छन् ।

मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनामा राज्यपक्षबाट २५ पुरुष, अमानवीय व्यवहारको घटनामा एक पुरुष र भेला तथा संगठित हुन पाउने अधिकारबाट १९ पुरुष पीडित भएका छन् । भने ५ जनालाई गिरफ्तार गरिएको छ ।

यस्तै अभिव्यक्ति स्वतन्त्रताका २१, जातीय विभेदका ३,अमानवीय व्यवहारका २,घाईते २, कुटपिटका १०, धम्कीको १ घटना भएको इन्सेकले बताएको छ ।

  • ६ आश्विन २०७८, बुधबार १५:१३ प्रकाशित