गर्मी हुने दिन दोब्बर : वैज्ञानिकको चेतावनी, ‘थोरै तापक्रम बढ्दा हिमाली भेगमा उथलपुथल हुनसक्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

पृथ्वीमा मौसमी परिवर्तनले हलचल मच्चिएको छ । जलवायु परिवर्तनका कारण मौसममा अकल्पनीय परिवर्तन भईरहेको छ ।

वैज्ञानिकहरुको अनुसार तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुने गर्छ । यसै वर्ष मुस्ताङमा पुस- माघमा पर्ने हिउँ पहिलोपटक वैशाखमा पर्यो । मुस्ताङका वृद्धवृद्धाले मौसम परिवर्तनको असर जीवनभर नदेखेको भन्दै अचम्मित भए ।

हाल पृथ्वीमा तापक्रम बढीरहेको छ । तापक्रम बढेसँगै विश्वमा अधिक गर्मी फैलिदैँ गएको छ । अधिक गर्मी हुने दिनबढी बढीरहेको वैज्ञानिकहरुले बताएका छन् । सन् १९८० यता हरेक दशकमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने दिनहरू निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ ।

१९८० देखि २००९ को बीचमा औसतमा वर्षको १४ दिन मात्रै ५० डिग्रीभन्दा बढी तापक्रम पुगेको थियो भने २०१० देखि २०१९ को बीचमा उर्खमाउलो गर्मी हुने दिनहरू बढेर वर्षको २६ दिनसम्म पुगेको छ ।

वैज्ञानिकहरूले जीवाश्म इन्धनको उत्सर्जन नरोकिए ५० डिग्री माथि तापक्रम विश्वको जताततै पुग्ने चेतावनी दिएका छन् । वातावरण विशेषज्ञरुले आफूहरुले जतिसक्दो छिटो उत्सर्जन घटाउँने बताएका छन् ।विना रोक तोक उत्सर्जनले निरन्तरता पाउँदै जाने हो भने अत्यधिक गर्मीका घटनाहरू बढ्ने र दोहोरिइरहने र यो समस्या समाधानमा समेत चुनौती थपिँदै जाने वैज्ञानिक तथा विशेषज्ञहरुले जनाएका छन् ।

जीवाश्म इन्धन एक प्रकारको प्राकृतिक इन्धन हो , यो लगभग ६५ वर्ष अघि पूर्व जिव जलेर उच्च दाव र तापमा दबिदाँ पत्ता लागेको थियो । यो पट्रेल , डीजल घासलेट आदिको रुपमा हुन्छ ।सवारी चलाउन, खाना पकाउन, लाइट अर्थात विजुली उत्पादन गर्न यो इन्धनको प्रयोग गरिन्छ ।

यो वर्ष इटली र क्यानडामा इतिहासकै सबैभन्दा धेरै तापक्रम पुग्यो। इटलीमा ४८.८ डिग्री र क्यानडामा ४९.६ डिग्री तापक्रम मापन गरिएको थियो।क्यानडामा गर्मीकै कारण सयौँ मानिसले ज्यान गुमाएका थिए ।

बीबीसीको विश्लेषणले १९८० देखि २००९ को दशकको तुलनामा पछिल्लो दशकमा उच्चतम तापक्रम थप ०.५ डिग्री सेल्सियसले बढेको देखाएको छ।मध्यपूर्व र खाडीले ५० डिग्रीको तापक्रम हुने सबैभन्दा धेरै क्षेत्र समेटेको छ।

विश्वमा अत्यधिक गर्मी हुने ठाउँहरू पनि विगतको भन्दा धेरै स्थानमा फैलिँदा मानव स्वास्थ्य र हाम्रो जीवनशैलीमै अभूतपूर्व चुनौती थपिएको छ।

मानवीय गतिविधिकै कारण जलवायु परिवर्तन भएको वैज्ञानिकहरु बताउँछन् । स्रोत : बीबीसी नेपाली

  • ६ आश्विन २०७८, बुधबार १३:५१ प्रकाशित