गुल्मीमा पहिरोमा परि एकै घरका तीन दिदीबहिनीको घटनास्थलमै मृत्यु

केन्द्रभाग मिडिया

फाइल फोटो

बुटवल ।

गएराती खसेको पहिरोमा परि गुल्मीमा एकै परिवाका तीन जनाको ज्यान गएको छ । दुई जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु भएको हो ।

रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिदाँ तिलककी तीन छोरीको मुत्यु भएको हो ।मृत्यु हुनेमा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियार रहेको प्रहरीले जनाएको छ। गंगा(जमुना जुम्ल्याहा हुन्।घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।

गए राति करिब १ बजेतिर पहिरो खसेको थियो। पहिरोमा पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ।

  • ६ आश्विन २०७८, बुधबार ०९:०५ प्रकाशित