पहिरोले घर पुर्दा एकै घरका तीन दिदी बहिनीको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन दिदी बहिनीको ज्यान गुमेको छ ।

गुल्मीको रेसुंगा– ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

घर माथिबाट आएको पहिरोले घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको ज्यान गुमाएको डीएसपी पाण्डेले बताए ।

तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको ज्यान गुमेको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

  • ६ आश्विन २०७८, बुधबार ०८:०३ प्रकाशित