घट्दै संक्रमणदर: २४ घण्टामा थपिए १३३० संक्रमित, निको भए १८३०

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् ।

आज (मंगलबार) १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।मन्त्रालयको अनुसार पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको थियो ।

यस्तै सोही अवधिमा एक हजार ८३० संक्रमित निको भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ।हाल २१ हजार ५२४ सक्रिय संक्रमित छन्। हालसम्म कुल ४१ लाख १३ हजार ५१२ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो साता नेपालमा कोरोना संक्रमण दर घटेको तथ्यांकले देखाएको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातायता कुल परीक्षण गरिएकामध्ये जम्मा ९.७ प्रतिशत मानिसमा संक्रमण देखिएको छ। जुन यो वर्ष यताकै सर्वाधिक कम संक्रमण दर हो।

  • ५ आश्विन २०७८, मंगलवार १६:४३ प्रकाशित