नेकपा (एस)दर्ता विरुद्धको मुद्दामा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) दल दर्ताविरुद्ध एमाले अध्यक्ष ओलीको मुद्दामा सर्वोच्चले सक्कल फाइल झिकाउन आदेश दिएको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टी एस विरुद्धको रिटमा हेर्दाहेर्दैमा राखिएको मुद्दामा हिजो सक्कल फाइल झिकाउने आदेश दिएको हो।

आदेशमा निर्वाचन आयोगले गरेको दल दर्ताको निर्णयको फाइल, सभामुख अग्नि सापकोटाले भदौ १३ मा गरेको निर्णय र लुम्बिनी प्रदेश सभा सचिवालयमा भदौ ४ मा गरिएको पत्राचारको सक्कल फाइल पेस गर्न भनिएको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । दल दर्ताविरुद्ध नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए।

  • ५ आश्विन २०७८, मंगलवार १६:२६ प्रकाशित