काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ‘ख’ सभापतिमा दीपकवीर कुँवरको उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

पोखरा।

कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ख को सभापतिमा दीपकवीर कुँबरले उम्मेदवारी घोषणा गरेका छन ।

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका–६ बैदाम निवासी ५० वर्षीय कुँबरले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै पार्टीलाई एक ढिक्का बनाउने र युवाहरुलाई नेतृत्वमा अगाडि ल्याउने कार्यक्रम सहित आफूँले उम्मेदवारी दिने बताए ।

सभापतिका प्रत्याशी कुँबरले आफू ७ वर्षको उमेर हुँदादेखी काँग्रेससँग भावनात्मक रुपमा जोडिएको बताउँदै उनले पार्टीको संगठन रफ्तारमा अघि बढाउन र आगामी निर्वाचनमा काँग्रेसको विजय सुनिश्चित गराउनु रहेको बताए । उनले पार्टीका पुराना दस्तावेजहरुलाई संग्रह गरेर व्यवस्थित रुपमा अभिलेखीकरण गर्ने समेत बताए ।

कुँवरले भने,‘अहिले पार्टीको संगठन जुन गतिका साथ अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन । युवाहरुको सहभागितामा पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन सभापतिमा उम्मेदवारी दिने निचोडमा पुगेको हुँ ।’आफू सभापतिमा निर्वाचित भएपछि काँग्रेसका तमाम् कार्यकर्तालाई पार्टी मेरो हो भन्ने अपनत्व हुने गरी काम गर्ने र सबैलाई योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिने योजनामा रहेको बताए ।

पार्टीभित्र देखिएको गुटबन्दीले पार्टी कमजोर हुने भएकाले गुटबन्दी अन्त्य गर्नु समेत आफ्नो मुख्य लक्ष्य हुने कुँबरले बताए ।

  • ५ आश्विन २०७८, मंगलवार १६:०७ प्रकाशित