लाइसेन्स छाप्न विभागले मगायो फ्रान्सबाट १४ लाख स्मार्ट कार्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्मार्टकार्ड अभावमा रोकिएको लाइसेन्स छाप्ने काम अब सुचारु हुने भएको छ । स्मार्टकार्ड मौज्दात सकिदै जाँदा विगत ४/५ महिनादेखि लाइसेन्स छाप्ने काम रोकिएको थियो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि यातायात व्यवस्था विभागले स्मार्ट कार्ड फ्रान्सबाट ल्याउने भएसँगै लाइसेन्स छाप्ने काम सुरु हुने भएको हो । फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड मगाइएको विभागले जानकारी दिएको छ ।

स्मार्ट कार्ड आएसँगै ट्रायल पास गरेर लाइसेन्सको पर्खाइमा बसेकाहरूले अब छिट्टै स्मार्ट लाइसेन्स पाउने पाउने भएका छन्।

यातायात व्यवस्था विभागको अनुसार कार्डका लागि सबै प्रक्रिया पुरा भइसकेको छ , अबको एक महिना भित्र कार्ड आइपुग्छ ।कार्ड खरिद प्रक्रिया झन्झटिलो र कोरोना महामारीका कारण समस्या हुदाँ लाइसेन्स छाप्न नसकेको र वितरणमा ढिलाई भएको हो ।

हाल नयाँ र नवीकरण गरी ७ लाख कार्ड छाप्न बाँकी रहेको विभागले जनाएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार १५:५४ प्रकाशित