हिमालय सहकारीको रक्तदानमा ४० युनिट रगत संकलन

केन्द्रभाग मिडिया

Exif_JPEG_420

हेमजा ।

हिमालय बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । हिमालय बचत तथा ऋण सहकारी, पोखरा २५ हेमजाको ९ औ वार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

पोखरा महानगपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावाली, सल्लाहाकार मादबशरण पौडेल लगाएतले आफनो भनाइ राखेका थिए ।

लेखा समिति संयोजक भरतराज अधिकारीले स्वागत गरि सुरु गरको कार्यक्रममा शिक्षा उपसमिति संयोजक मनहरी तिमिल्सिनाले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मेगराज त्रिपाठीले गरेका थिए ।

  • ५ आश्विन २०७८, मंगलवार १४:४२ प्रकाशित