एमालेको चेतावनी : ‘सभामुखले राजीनामा नदिए सदन चल्न दिन्नौँ’

केन्द्रभाग मिडिया

फाइल फोटो

काठमाडौं ।

प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा गर्न माग गरेको छ ।

राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनीहरुले सभामुखले राजीनामा नदिए सदन चल्न नदिने चेतावनी दिएका छन् । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सभामुखले राजीनामा दिई मार्ग प्रशस्त गर्न माग गरे ।

सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उनले जानकारी दिए ।एमालेले विरोध जारी राखेपछि विनियोजन विधेयक राष्ट्रिय सभामा पेस गरि बैठक स्थगित भएको छ । अर्को बैठक बिहिबार २ बजे बस्ने बताइएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार १४:२७ प्रकाशित