माधव नेपालको पार्टी शीतको थोपा जस्तो, चुनाव पछि सकिन्छ : बास्कोटा

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका नेता तथा  पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपाललाई शीतको संज्ञा दिएका छन् ।

प्रेस चौतारी नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले माधव नेपाल घाम उदायपछि सुकेर जाने बताए । उनले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’

चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो । भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कने उनको दावी छ । गजवकै देखियो सुकेर ९.७४ प्रतिशतमा चुनावमा पुग्दा १ प्रतिशत हुन्छ उनले भने , पार्टी विभाजन गर्ने विगतका इतिहास हेरे फुटेर जानेको अवस्था प्रष्ट हुन्छ ।

एमाले भन्दा नाक खुम्चीन्छ भन्ने माधव नेपालको भनाईको खण्डन गदै उनले माधव नेपाल पार्टीद्रोही भएको आरोप लगाए । एमालेका कार्यकर्ताको कमाई, एमाले कार्यकर्ताको रगत पसिनाको मुल्यलाई अपमान गरेको उनले बताए ।

माधव नेपालको पछि लागेर जानेहरु सबै एमालेमै फर्किने उनले बताए । ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्कने बेलासम्म मात्र हो, त्यो पार्टी टिक्दैन’ उनले भने ‘त्यहाँ गएकाहरु पनि फर्केर आउँछन्, कि त काँग्रेसमा जानुपर्यो होइन भने फर्केर आउनुको विकल्प छैन’ उनले भने ।

बाँस्कोटाले एमसिसी पारित गर्ने÷नगर्ने विषय सरकारकै हातमा रहेको बताए । उहाँहरुको त १६५ सिट, झण्डै दुई तिहाई छैन त ? झण्डै दुई तिहाईले गरे भैगो नि त एमसिसी, उनले भने ।

  • ५ आश्विन २०७८, मंगलवार १४:५९ प्रकाशित