सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

केन्द्रभाग मिडिया

सिरहा ।

ब्वाइफ्रेन्डसँग मिली आफ्नै श्रीमानको हत्या गर्ने एक महिला पक्राउ परेकी छिन् ।

सिरहाको गोलबजार नगरपालिका सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी हरिहरदेवी महरा श्रीमान्को हत्या आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

श्रीमान् ३९ वर्षीय दुखरन महराको भदौ १८ गते भारतको बिहार जयनगरमा हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपमा उनका ३८ वर्षीया श्रीमती हरिहरदेवी सोमबार पक्राउ परेकी हुन्। दुखरनको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

भारतीय प्रहरीले दुखरनको शव फेलापरेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

हरिहरदेवीकी ब्वाइफ्रेन्ड भनिएका भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

महरा दम्पतीको ४ छोराछोरी छन्

  • ५ आश्विन २०७८, मंगलवार १४:०१ प्रकाशित