बागलुङमा चटयाङ्ले एकको ज्यान लियो, ३ घाइते

केन्द्रभाग मिडिया

बलेवा ।

बागलुङमा चट्याङ लागि एकको ज्यान गएको छ ।

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ् लागेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सोमबार बेलुकी चट्याङ् लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

  • ५ आश्विन २०७८, मंगलवार १२:५५ प्रकाशित