राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

केन्द्रभाग मिडिया

पोखरा ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपालले लिग–२ अन्तर्गत भएका चार खेल मध्य दुई खेलमा जित निकालेको टोली मंगलबार बिहान स्वदेश फर्किएको हो ।

टिमलाई क्यानका सदस्य छुम्बी लामाले स्वागत गरे । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर भने त्यतैबाट भारत प्रस्थान गरे । त्यस्तै क्रिकेट ट्रेनर राकेश कासिभाई गोहित पनि उतैबाट भारत गएका छन् ।

पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

नेपाल तेस्रो खेलमा भने अमेरिकासँग ६ विकेटले पराजित भयो । अन्तिम खेलमा भने नेपालले ओमानमथि ७ विकेटको जित निकालेको हो ।

 

  • ५ आश्विन २०७८, मंगलवार १०:०२ प्रकाशित