सशस्त्र प्रहरीमाथि भारतीय तस्करको ढुंगामुढा, तीन प्रहरी घाईते

केन्द्रभाग मिडिया

कञ्चनपुर ।

कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि ढुंगामुढा गरेका हुन् ।

उनीहरुको आक्रमणबाट प्रहरी जवान घाईते भएका छन् । घाइतेमध्ये एक सशस्त्र प्रहरी जवानको टाउको हात र खुट्टा चोट लागेको छ ।

उनीहरुको पहिचान भएको र पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने आश्वासन भारतीय पक्षले दिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् ।

यसअघि कैलालीमा तस्कर समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या गरेका थिए ।

  • ५ आश्विन २०७८, मंगलवार ०९:३५ प्रकाशित