धर्नाबाट भट्टराईले भने,‘बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु खर्बौको घाटा हो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु देशका लागि खर्बौको घाटा भएको बताएका छन ।

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माइतीघर मण्डलामा दिएको धर्नामा सहभागी हुदैँ भट्टराईले यस्तो बताएका हुन् ।

आयोजना निर्माणमा ढिलाई गर्न नहुने भन्दै उनले भने, ‘आयोजना बनाउन ढिला गर्नु भनेको आयोजना नबन्नु हो। यो देशका लागि खर्बौंको घाटा हो।’

सरकारले बूढीगण्डकी प्रभावितसँग वार्ता गरी उनीहरुको माग तुरुन्त पुरा गर्न भट्टराईले सरकारसँग आग्रह गरे ।मुआब्जा, पुनर्स्थापनालगायतका माग सम्बोधन गर्न माग गर्दै बूढीगण्डकी राष्ट्रिय सरोकार समितिले आजदेखि धर्ना दिएका हुन्।

  • ४ आश्विन २०७८, सोमबार १६:३४ प्रकाशित