स्याङ्जामा ७ जुवाडे पक्राउ, ६६ हजार बढी नगद बरामद

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङजामा ७ जुवाडे पक्राउ परका छन् ।

पुतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनीहरुलाई आइतबार साँझ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।प्रहरीको अनुसार उनीहरुको साथबाट ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास बरामद भएको छ ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • ४ आश्विन २०७८, सोमबार १५:२४ प्रकाशित